राजदूत र कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखसँग छलफल गरिरहेका छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरूसँगको छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

उनका अनुसार छलफल सिंहदरबारमा जारी छ । श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।