काठमाडौँ। भ्रष्टाचार मुद्धामा अनुसन्धानका लागि पाँच वर्षे हद म्यादको प्रावधान राख्न खोज्ने प्रमुख दलहरुको नियत विरुद्ध मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले प्रदर्शन गरेका छन् । ‘सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर’, भन्ने नाराका साथ काठमाडौँको जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले ‘भ्रष्टाचारीलाई दण्डित गर्ने कानून बनाऊ, ठूला भ्रष्टाचारमा ठूलै नेता, कानून बनाएरै चोख्याउने चेष्टा नगर, ठूला नेता मिलेका अरबअरब निलेका, भ्रष्टाचार विरुद्ध एक हौँ, नीतिगत भ्रष्टाचारको श्रृंखला अन्त्य गर, हद म्यादको कसरत संसदलाई बद्नाम बनाउने अभ्यास बन्द गर’ जस्ता भ्रष्टाचार विरोधी नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए ।
समाजका काठमाडौँ जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति रामकृष्ण बराल, सल्लाकार उत्तम पुडासैनी प्रदर्शनमा सहभागिता रहेको थियो ।
































