काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने गर्ने निर्णय गरेको हो ।
शर्तसहित टिकटक खोल्न दिने मन्त्रिपरिषदको निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले जानकारी दिए ।
गत वर्ष कात्तिकदेखि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।































