काठमाडौं । वाग्मती सफाई अभियान अन्तर्गत वाग्मतीको मुहान सफाई सुरु भएको छ ।
आज सुन्दरीजलमा सफाई गरेसँगै मुहान सफा अभियान सुरु भएको हो ।
वाग्मती सफाई अभियन्ता तथा शान्ति समाज काठमाडौंका अध्यक्ष भगवान पुडासैनीका अनुसार मुहान नै सफा नभइ वाग्मती सफा हुदैन भनेर मुहान सफा सुरु गरिएको बताए ।
पुडासैनीका अनुसार अहिले माथिल्लो बागमती सफाइको ५३८ औं हप्ता पुगेको छ ।
अभियन्ताहरुले हरेक हप्ताको शनिबार वाग्मती सफाई गर्दै आएका छन् ।
वाग्मती सफाई अभियान सुरु भएदेखि जाडो, गर्मी, वर्षाद्, चाडपर्व, प्राकृतिक विपत्तिजस्ता प्रतिकुल परिस्थिति आइपरे पनि सफाइलाई निरन्तरता दिन अभियानकर्मी चुक्दैनन् ।
यसको नेतृत्व गाईबाच्छा संरक्षण तथा वाग्मती सफाई अभियन्ता उत्तम पुडासैनी, भगवान पुडासैनी, विकास थापा, बिपी संग्रहालयका अध्यक्ष पसुराम पोखरेल डि. पि खनाल, आङ काजी सेर्पा, कल्पना थापा, सुशील सिम्खडाको लगायतको सहभागिता थियो ।































