काठमाडौं । काठमाडौं शंखमुलस्थित दोभान पुल नजिक आगलागी भएको छ।
आइतबार दिउँसो शंखमुलको दोभानचोकस्थित मोटरसाइकल वर्कशपमा आगलागी भएको हो ।
प्रहरीका अनुसार मोटरसाईकल वर्कसपसँगै जोडिएका वर्कशप र दुई टहरामा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसारआगलागी भएको सूचना प्राप्त भएको र आगो निभाउन दमकल, प्रहरी र सुरक्षाकर्मी खटाइएको छ ।
आगलागीबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
































