इलाम । आमचासोको रुपमा हेरिएको इलाम २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
गौतम बुद्ध सभागृह सिटी हलमा मतगणना सुरु गरिएको हो।
फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।
बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भइसकेको छ ।
शनिबारको उपनिर्वाचनमा इलाम २ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका थिए ।
इलाम २ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार बनेका थिए । जुन क्षेत्रमा कसले बाजी मार्ला भनेर आमचासो छ ।































