काठमाडौं । आज विहानैदेखि देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रर्णाली स्थानीय वायुको आंशिक प्रभावका कारण देशैभर बदली रहेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वाग्मती, कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित छिटपुटदेखि हल्का भइरहेको छ ।
यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो कोशी,मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
त्यस्तै बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।































