काठमाडौं । पाँच तलाबाट हामफालेका धनगढीका एक व्यवसायीले आत्महत्या गरेका छन् । धनगढी–उपमहानगरपालिका–४ बसपार्कको छेउमा घरको पाँच तलाबाट हाम फालेका ५३ बर्षीय सन्तोष अग्रवालले आत्माहत्या गरेका हुन ।
बुधबार बिहान ११ बजेर २६ मिनेटमा उनले छतबाट हामफालेको थिए। घाइते अवस्थामा भुइँमा बजारिएका उनको धनगढीकै नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतामा डाक्टरले उनलाई मृत घोषणा गरेका छन ।
रेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
अहिले अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।
अग्रवाल लामोसमयदेखि धनगढीमा कस्मेटीक सामानको होलसेल ब्यापार गर्दै आएका थिए।
































