रामबहादुर बम्जन सर्लाही अदालतमा उपस्थित

काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई बुधबार राति नै सर्लाही पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको हो । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौतहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।