काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले १५ लाख धरौटी रकम बुझाएका छन् । उनले आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएका हुन । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी हुन ।
उनी रिहा हुनुअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानुपर्नेछ । उनले छुटपूर्जी पनि लिइसकेका छन् । तर, बुधबार मात्रै रिहा हुने भएका छन् ।
काठमाडौं जिल्ला अदालतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
































