काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्बोधन गर्नेछन् ।































