काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दलले चुनाव चिन्ह पाएका छन् । आईतबार बसेको निर्वाचन आयोगको बैठकलेे चुनाव चिन्ह दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको बताए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेको आयोगले जनाएको छ ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ।
































