सांसद अमरेश कुमार सिंहले एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्चमा दिए रिट

काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग स्वतन्त्र सांसद  अमरेश  कुमार सिंहले रिट दायर गरेका छन् । उनले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन ।
उनले रिट निवेदनमा एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई पनि विपक्षी बनाएका छन् ।
रिटमा सर्वोच्चले यही मंसिर २४ गते आइतबारका लागि पेसी तोकेको छ ।