काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बालवाटारस्थित निबासमा राखिने भएको छ ।
आज दिउँसो श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।
नेम्वाङप्रति इष्टमित्र साथीभाई लगायतले श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको छ । विदेशबाट उनका दुई छोरा आएपछि बिहीबार बिहान राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।
































