काठमाडौं । आज देशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर आंशिकदेखि सामान्य बदली रहने छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण नदीको जलसतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुने जनाइएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । सो न्यनचापीय प्रर्णालीको असर नेपालमा पनि परेको हो ।































