हिजो विहानैदेखि ज्वरो थियो नेम्वाङलाई, राति बाथरुममा ढलेका थिए

अहिले ९ बजे उनको पार्थिव शरिर च्यासलस्थित पार्टी कार्यालयमा लगिनेछ

काठमाडौं । ह्दयघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई सोमबार विहानैदेखि ज्वरो आएको खुलेको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार बेलुका बाथरुममा पनि उनी ढलेर बेहोस भएका थिए ।

आइतबार धरान पुगेर काठमाडौं फकिएको पनि पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको स्वाथ्य परिक्षणका लागि डाक्टर पनि घरमै पुगेको बताइएको छ । त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

आज विहानै अस्पतालमा शिर्ष नेताहरुको भिड देखिएको छ । अहिले ९ बजे उनको पार्थिव शरिर च्यासलस्थित पार्टी कार्यालयमा लगिनेछ ।