काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमणमा जाने टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।
भ्रमणको एजेन्डाबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठुलो भएको निष्कर्ष निकालिएको थियो ।
यसअघि प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् ।































