कर्णालीका उर्जामन्त्री परियारको सम्पति : ३ तोला सुन, गाउँमा ६० रोपनी पाखो बारी

हुम्ला । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रणसिंह परियारको सम्पति विवरण सार्वजनिक भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेबसाइट मन्त्रीको सम्पति सार्वजनिक गरिएको हो ।

मन्त्री परियारसँगै खासै सम्पत्ति छैन् । गाउँमा पुर्ख्यौली घर छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली पाखो बारी छ ।

३ तोला सुन, २० तोला चाँदी र ६० हजार रकम मौज्दात रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । नगद तलभत्ता र बाँकी पुर्ख्यौली सम्पत्ति रहेको छ ।

दुई वटा बैँकमा गरी ७० हजार रकम मौज्दात छ भने ४ वटा गाई, ७ गोरु र ३० बाख्रा छन् ।

३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको पनि परियारले उल्लेख गरेका छन् ।

सबै पुर्ख्यौली नै रहेको उल्लेख छ । परियार हुम्ला अदानचुली गाउँपालिका १ का बासिन्दा हुन । उनी माओवादी केन्द्रका प्रदेश सांसद हुन ।