काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई बिहान १० बजेर २७ मिनेटमा कपिलवस्तुबाट पक्राउ गरिएको हो ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरका अनुसार
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरे बमोजिम पक्राउ गरिएको हो ।
उनीहरूलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका थिए ।
महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
एयरलाइन्सको उडान नम्बर वाईटी(८९२ जहाजमा रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याइएको छ ।































