माओवादी सुदूरपश्चिम संसदीय दलको नेताबाट हटाइए खगराज भट्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता खगराज भट्टलाई हटाइएको छ। सुदूरपश्चिम संसदीय दलले हटाएको हो ।

११ जना सदस्य रहेको माओवादीको सुदुरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई हटाउने निर्णय भएको छ ।

बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको थियो ।

भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट,लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका गरेका छन्।

उनीहरूले संसदीय दल नेता परिवर्तन गरेको जानकारी सुदूरपश्चिम प्रदेश सभालाई पनि जानकारी गराइसकेका छन्।

भट्टको भूमिका विवादास्पद रहेको भन्दै सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका थिए।