काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि हातपात गरेको छ ।
शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका बेला कुटिएका हुन् ।
मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको थियो ।
अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भन्दै प्रश्न गरेका थिए ।
त्यो विवादका क्रममा आफूलाई प्रहरीले हातपात गरेको अध्यागमन अधिकृत मोक्तानले बताए ।
अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गएका थिए । जसमा प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिन्छ ।
विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उपस्थितिमा छलफल भइरहेको जनाइएको छ ।































