काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो ।
अध्यक्षमा चौधरी एक्लैको उम्मेदवारी परेको थियो । गतवर्ष आमनिर्वाचनअघि जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए । अहिले जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएरै उनी अध्यक्ष चुनिएका छन् ।
यसअघि उनले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका थिए । श्रीमती चौधरी अहिले संघीय सरकारको मन्त्री समेत छिन् ।































