काठमाडौं । नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश मन्त्री एस जयशंकर फर्किएका छन्। परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्साललगायतले विदेश मन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका हुन ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी नेपाल आएका थिए।
नेपालमा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
जयशंकर बिहीबार बिहान काठमाडौं आएका थिए। नेपाल र भातरबीच विद्युत व्यापार सम्झौता लगायत चारवटा सम्झौतामा हस्ताक्षर भएको छ ।































