सिके राउत, सामान्य प्रशासनमन्त्री अनिता देवीसहित ५१ प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ । धोती दिवस मनाउन माइतीघरमण्डला गएका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका ५२ जनालाई पनि प्रक्राउ गरिएको छ ।

प्रहरीले उनीहरुलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ ।