आज सकिदै नेकपा माओवादी केन्द्रको चार महिने अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्रको चार महिने अभियान आज सकिदैछ । चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सोमबार सकिने भएको हो ।

जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित यस्तो अभियान सुरु गरेको थियो । माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार अभियान मूलभूत रूपमा सफल भएको निचोड निकालेर आज समापन गर्न लागिएको हो ।
सोमबार आ–आफ्नो ठाउँमा भेला, बैठक राख्ने र समीक्षासहित अभियानको समापन हुँदैछ। अभियान मूलभूत रूपमा सफल भएको निष्कर्षमा पुगेको उनले बताए ।
माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको थियो।

साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले सबै तहमा पार्टी समितिको बैठक र प्रशिक्षण आयोजना गर्ने, समिति नभएका वडामा समिति गठन गर्ने, पार्टीलाई वैचारिक बहससहित वर्तमानका चुनौती सामना गर्न योग्य बनाउने उद्देश्यसहित अभियान सुरू गरेको थियो।