काठमाडौं । सुर्खेत विरेन्द्रनगर एरीचोक, विरेन्द्रचोक र मंगलगढीमा युवाहरु आन्दोलित बनेका छन् । मृतकलाई शहिद घोषणा नगरेसम्म आन्दोलन जारी राख्ने भएका हुन ।
मृतक दुबै जनालाई शहिद घोषणा गर्नुपर्ने युवाहरुको माग छ । गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा दैलेखको महाबु गाउँपालिका ६ का २१ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहले ज्यान गुमाएका थिए ।
प्रहरीको धरपकडले दुई युवाको ज्यान गएको भन्दै उनीहरुलाई शहिद घोषणा गर्नुपर्ने माग गरिन् । शहिद घोषणासहित ८ बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बुझाइसकेका छन् ।
उनीहरुले ती माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएसँगै आयोग गठनको तयारी गरिएको छ ।
यो घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डले गृहलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
यसअघि सरकारले मृतकका परिवारलाई १० / १० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।































