काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका १५ जना अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै प्रदर्शनमापुगेका अगुवा कृष्ण पहाडीसहित १५ जना अभियन्तालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको बताए ।
प्रहरी नियन्त्रणमा पर्ने शान्ति समाजका अगुवा कृष्ण पहाडी, शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनी, तत्कालीन सभापति भगवान पुडासैनी, विकास थापा लगायतका अभियन्ता रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार थप दुई महिनाका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र तोकीएको छ ।

































