ललितपुर महानगर गेटमा उभिन पुगेका ईः लाई स्थानियको अवरोध

ललितपुर । फुटपाथ व्यापारीको व्यवस्थापनको मागसहित ललितपुर महनगरको गेटमा उभिन पुगेका अभियन्ता ईः लाई स्थानियले अवरोध गरेका छन् ।
स्थानियले फुटपाथ पैदलयात्रीको अधिकार भन्दै ईः को विरुद्ध अवरोध गरेका हुन् ।

स्थानियले विभिन्न फ्लेक्स सहित ईः को अभियान विरुद्ध विरोध गरेका हुन । फुटपाथमा व्यवसाय गर्दा पैदल यात्रीहरुलाई समस्या हुने स्थानियको तर्क छ ।

फुटपाथ व्यवसायीलाई काठमाडौं महानगरपालिकाले विकल्प नदिई बलजफ्ती हटाएको भन्दै उनीहरुको व्यवस्थापनको मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएका ईः ललितपुर महानगरपालिका अगाडि पनि उभिने घोषण गरेका थिए ।

उनले मंगलबार ३ बजेदेखि १०८ मिनेट उभिने बताएका थिए ।