काठमाडौं । मंगलबार विहान हुम्लामा एक घरमा आगलागी भएको छ। सवा १० बजे सिमकोट गाउँपालिका ५ स्थित विद्युत कार्यालय नजिकै रहेको बसन्त रोकायको घरमा आगलागी भएको हो।
आगलागीबाट धनजनको क्षति भएको छ तर मानवीय क्षति भएको छैन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणमा नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रहरी र स्थानीय खटिएका थिए । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन ।
क्षतिको यकिन विवरणसमेत आइसकेको छैन।
































