काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति ११ : ४० को सुनसहित दुई जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेका छन् ।
भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेका अनुसार दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान १४ किलो सुनसहित पक्राउ गरिएको थियो।
उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ।






























