काठमाडौं । समता स्कुलले २५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा मनाएको छ ।
वार्षिकोत्सब बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनाइएको हो ।
समता स्कुलले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको २५ औं वर्षको वार्षिकोत्सब भव्य रूपमा मनाएको विद्यालय प्राचार्य विनोद खड्काले बताए ।
“मनोरञ्जनात्मक विधाका सांस्कृतिक कार्यक्रम राखेको छ ।विद्यालयको वार्षिकोत्सबमा कार्यक्रममा लामो समयमा कार्यरत शिक्षक-शिक्षिका, पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत पनि गरेको छ,”उनले भने ।
वार्षिकोत्सबका दिन समताको आफ्नै अस्पताल भएकाले कार्यक्रममा उपस्थिति सबैका लागी फ्री हेल्थ क्यामको व्यवस्था समेत गरेको उनले भनाइ छ ।
यस्तै वर्षदेखि समता स्कुल जापानको टोकियोमा पनि स्थापना गर्न थालेको वार्षिकोत्सबमा सम्बोधन गर्दै संस्थापक उत्तम सन्जेल बताउँछन् ।
गोकर्णेश्वर नगर शिक्षा अधिकृत वीर बहादुर खडका प्रमुख आतिथ्यता र विद्यालय प्राचार्य विनोद खड्काको सभापतित्वमा कार्यक्रम उद्घाटन गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख भीष्म ज्ञावाली र सह-सञ्चालक शिक्षक दोर्जे शेर्पाले गरेका थिए । कार्यक्रममा विशेष व्यक्तित्वहरु, अन्य स्कुलका शिक्षक शिक्षिका तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो ।