काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् । दिउसो ३ बजे र ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् ।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।
सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ ।
“४० मिनेट भइसक्यो प्रहरीलाइ खबर गरिएको तर अझै आइपुगेको छैन,” भाटभटेनीका सीओओ पानु पौडेलले भने । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् ।































