मुक्तिनाथ हिमपातले सेताम्मे

काठमाडौं । मुक्तिनाथ हिमपात भएको छ । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको हो ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ ।

त्यहाँका स्थानीयले लामो समयको अन्तरालपछि मुक्तिनाथ क्षेत्रमा यस वर्षकै पहिलोपटक हिमपात भएको बताए ।
हिउँदको अन्तिममा शनिबार परेको हिमपातपश्चात् मुक्तिनाथ क्षेत्र हिउँले सेताम्मे हिउँले देखिएको छ ।
यसैगरी आज मुस्ताङ प्रवेश गरेका आन्तरिक तथा बाह्य पर्यटकहरु हिउँमा रमाउन पाउँदा खुसी भएका छन् ।