‘भ्वाइस अफ नेपाल सिजन ६’ को कोचमा फर्किए राजु लामा

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६’को कोचको रुपमा राजु लामाको पुनरागमन भएको छ ।
गायन रियालिटी शोले विहिबार बेलुका पहिलो कोचस्वरुप लामाको नाम घोषणा गरेको हो ।

भिडियोमा लामा भन्छन्- ‘तपाईंहरुको आवाजलाई सगरमाथाको शिखरमा पु¥याउन आइपुगेको छ तपाईंहरुको जो जो ।’

यसअघि सिजन २, ३ र ४ मा कोच रहेका लामा पाँचौ सिजनमा देखिएनन्। उनी भ्वाइस किड्सको पहिलो सिजनका कोच पनि थिए ।छिट्टै ब्लाइन्ड अडिसन सुरू हुने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।