काठमाडौं। कर्णाली यसभिएसले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको खेलमा आज भएको फाइनल भिडन्तमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली च्याम्पियन बनेको हो।
कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो भने ललितपुरले तेस्रो र चौथो सेट जितेको थियो































