काठमाडौं। पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम स्थान प्राप्त गर्न सफल भएको छ।
पेरिस ओलम्पिकको अन्तिम दिन आइतबार अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण जित्दै चीनसँग स्वर्ण पदकको सङ्ख्या बराबरी गरेको थियो।
यससँगै प्रथम स्थानको टुङ्गो रजत पदकबाट भएको हो । शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत अन्तिम दिन अष्ट्रेलियालाई पछि पार्दै जापान तेस्रो भयो।
अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।
अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो ।यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो ।
अर्को एसियाली राष्ट्र जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो ।
पेरिस ओलम्पिकमा ६२ राष्ट्रले स्वर्ण पदक जित्दा ८४ राष्ट्रले पदक जित्न सफल भए। नेपाल सहित भाग लिएका छ २०६ मध्ये १२२ देशले पदक जित्न सकेनन्।
नेपालबाट पेरिस ओलम्पिकमा सात खेलाडीले भाग लिएका थिए। सबै खेलाडी पहिलो चरणमै पराजित भएका थिए।
































