तीन प्रदेशमा विहानैदेखि वर्षा, यस्तो छ देशभरको मौसम बुलेटिन

काठमाडौं । आज तीन प्रदेशमा विहानैदेखि वर्षा भइरहेको छ । सुदुरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
त्यस्तो देशका अन्य पूदेशमा सामान्यदेखि आंशिक बदली हुने छ ।

मौसम विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मनसुनको न्यनचापीय प्रणाली सरदर स्थानको दक्षिणतिर रहेकोले नेपालका विभिन्न भुभागमा आंशिक प्रभाव परेको विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना र कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम मेघगर्जनको सम्भावना रहेको छ ।