उच्च अदालतको न्यायाधीशमा सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार सिफारिस

काठमाडौं । उच्च अदालतको न्यायाधीशमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई सिफारिस गरिएको छ । न्याय परिषदको आज बसेको बैठकले यस्तो सिफारिस गरेको हो ।
कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको परिषदले जनाएको छ ।