निलम्बन फुकुवा गर्न माग गर्दै एमाले सांसद कोइरीले दिए निवेदन

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै निवेदन दिएका छन् । उनले आज संघीय संसद सचिवालयमा निवेदन दिएका हुन।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

महोत्तरी जिल्ला अदालतले मंसिर २८ गते थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न माग गरेका छन
। उनले अहिलेसम्मको सेवा सुविधा पनि माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका हुन । ।