काठमाडौं । आज नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । उनको मुद्धामा जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो ।
गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।
बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकिएको हो । बन्द इजलासमा सुनुवाइ गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो ।































