कठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
तत्काल सेयर खरिद बिक्री रोकेर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको समितिले जनाएको छ ।
“यो कारोबार अपारदर्शी र संसयपूर्ण छ । अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिदबिक्री रोक्नेर अनुसन्धान गर्नुपर्छ । ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गरी जानकारी गराउन सरकारलाई निर्देशन दिइएको छ,” लेखा समितिको निर्देशनमा भनिएको छ ।
बैठकले अर्को बैठकमा यस बारेमा जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ ।
































