कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकमा उनले दोस्रो पटक विश्वासको मत पाएका हुन् ।

प्रदेश सभा बैठकमा ३७ जना सांसद उपस्थित थिए।
मुख्यमन्त्री कँडेलले विश्वासको मत सम्बन्धी प्रस्तावका पक्षमा २३ जना र विपक्षमा १४ जनाले मतदान गरेका छन्।
२०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले वैशाख १४ गते पहिलो पटक विश्वासको मत लिएका थिए।