बंगलादेशको प्रधानमन्त्री निवासमा आन्दोलनकारीको प्रवेश

काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् । उनले राजीनामा दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।


सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।

सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भनिएको थियो। हिंसात्मक आन्दोलनका क्रममा २०० जना भन्दा बढीको मृत्यु भइसकेको थियो।

आन्दोलनकारी प्रधानमन्त्री निवास गणभवनभित्रै प्रवेश गरेका छन् ।