काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई जिवित उद्दार गरेर केएमसी अस्पताल पुर्याइएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज विहान ११ बजे दुर्घटनामा परेको थियो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको थियो । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।
विमान क्षतविक्षत अवस्थामा छ । सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमार्डौबाट पोखराका लागि उडेको खुलेको छ । दुर्घटनामा पर्ने सबै यात्रु एयरलायन्सकै कर्मचारीहरु रहेको बताइएको छ ।
































