काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला पारेका हुन ।
जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज विहान दुर्घटना भयो । विमान करिब ११ बजेतिर दुर्घटनामा परेको जनाइएको छ ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको थियो । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।
विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।































