कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, धनुषा लगियो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

उनलाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको भवनबाट पक्राउ गरिएको हो ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृतवमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो ।

सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले आजै प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो ।

अदालतको इजलास न २ बाट अनुमती जारी भएको थियो । उनलाई धनुषा लगिएको छ।