सुर्खेत। कर्णालीमा सत्तारुढ दलहरूबिच बढेको असन्तुष्टि सतहमा आएको छ ।
बिहीबार साँझ कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै स्टाटस लेखेका हुन ।
शाहीले कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेपछि सरकारबीच खटपट सुरु भएको बुझिएको हो।
शाहीले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको बताएका छन्। साथै उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले व्यवस्था गर्दा उपयुक्त हुने पनि बताएका छन्।
शाहीको उक्त भनाइसँगै कर्णाली सरकारमा हलचल हुने सङ्केत देखिएको छ । कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो । कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।
यसअघि शाहीले मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंहलाई आफ्नै निवासमा बोलाई सरकारको कामकारबाही सही ढङ्गले अघि नबढेको र कार्यशैली नसुध्रिए सोच्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।
































