बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन २१ दिने सूचना जारी

काठमाडौंं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ ।

फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो ।

चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी बाँसबारी जग्गा प्रकरण सरकारका नाममा जग्गा ल्याउन २१ दिने सूचना जारी मालपोतले जनाएको छ ।

यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरण मै पक्राउ परेका थिए ।

उनीहरू बुधबार, हाजिरी जमानीमा छुटेका छन् । तर सिआईबीले भने किर्ते र ठगीमा अनुसन्धान जारी राखेको छ ।

यही क्रममा मालपोतले हडपेको जग्गा फर्काउने प्रक्रिया थालेको हो । मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुन अनुसार कानुन जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने जनाएको छ।