हुम्लामा डढेलो निभाउने क्रममा एक महिला घाइते

हुम्ला । वनमा डढेलो निभाउने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका ५ याङचुमा लागेको आगो निभाउने क्रममा एकजना महिला घाइते भएकी छन् । डढेलो निभाउने क्रममा स्थानीय ४९ वर्षीया लक्षिमा सिंह घाइते भएकी हुन् ।

बच्चाहरु खेल्ने क्रममा बिहीबार दिउँसो १२ बजेतिर सो क्षेत्रको वनमा आगलागी भएको थियो । घाइते भएकी सिंहको शरीरको विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आगाले सल्केपछि स्यालाबाडा गाउँका स्थानीय मनराज शाहीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

उनको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
हुम्ला जिल्ला प्रहरी प्रवक्ता नरेन्द्र चन्दका अनुसार आगलागीबाट याङचुका वनसँगै बाम्नी माडु मन्दिर पनि जलेको छ ।
प्रहरी, स्थानिय र कर्मचारीले आगो नियन्त्रणमा लिइसकेको पनि चन्दले बताए ।