जनकपुरधाम । राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी विजयी भएका छन् ।
अन्य समूहतर्फ विजयी ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाका उम्मेदवार हुन् ।
निर्वाचित ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख र उपप्रमुखले मतदान गरेका छन् ।
त्यस्तै चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख र उपप्रमुखले मतदान गरे ।
जम्मा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।































